कुनै व्यक्तिले दुषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन, विक्री वितरण, निकासी वा पैठारी गर्न वा सो मध्ये कुनै कामका लागि त्यस्तो खाद्य पदार्थ राख्न हुँदैन ।
४. झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने ः कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा अखाद्य पदार्थ वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हँुंदैन ।
४क. खाद्य पदार्थ रोक्न राख्न सकिने ः (१) कुनै खाद्य पदार्थ दूषित वा न्यूनस्तरको हो भन्ने शंका लागेमा तोकिएको अधिकारीले त्यस्तो खाद्य पदार्थ सिलबन्दी गरी सो खाद्य पदार्थका धनीलाई नै जिम्मा लगाई त्यसको भर्पाई लिई रोक्का राख्न सक्नेछ । (२) उपदफा (१) बमोजिम रोक्का रहेको खाद्य पदार्थ दुषित वा न्यूनस्तको हो भन्ने कुराको निर्णय अन्तिम रुपमा भईसकेपछि दोषको मात्रा, दोषको प्रकृति र त्यसबाट हुनसक्ने हानीको विचार गरी तोकिएको अधिकारीको आदेशले सो खाद्य पदार्थ नेपाल सरकार लाग्न सक्नेछ ।
४ख. अनुज्ञापत्र लिनु पर्ने ः (१) तोकिएको खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, संचय वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिए बमोेजिम अनुज्ञापत्र लिनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सिलबन्दी भएका खाद्य पदार्थहरुको हकमा अनुज्ञापत्र प्राप्त उत्पादक वा थोक बिक्रेताबाट तोकिए बमोजिम जमानतपत्र प्राप्त खुद्रा विक्रेताले यस दफा बमोजिमको अनुज्ञापत्र लिनुपर्ने छैन ।